इटहरी ब’म बि’ष्फोटमा संलग्न मुख्य योजनाकार सहित ४ जना पक्राउ
सुनसरी, चैत्र १९ । जिल्ला प्रहरी कार्यालय सुनसरीले चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका-२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बि ष्फोटमा संलग्न निज लक्ष्मी देवी थापा सहित ४ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका-२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मी देवी थापा, निजको छोरा १८ बर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका-७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका-८ झापाका ४३ बर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन ।
चैत्र १४ गते राती १० बजे लक्ष्मी देवी थापाको कोठामा ब म बि ष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको लागि अस्पताल पठाई अनुसन्धान सुरु गरेको थियो ।
घटनाको अनुसन्धान तथा खोज तलासको क्रममा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) , संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बि ष्फोट पश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा (ठकुरी)लाई इटहरी-२ स्थितमा लुकुछिपि बसेको अवस्थामा र घटनाका मुख्य योजनाकार संजय भन्ने खगेन्द्र खरेललाई झापाको काँकरभिट्टाबाट १७ गते पक्राउ गरेको हो भने उपचार पश्चात रविन थापालाई १७ गते र शेरजंग गुरुङ्गलाई १८ गते पक्राउ गरेको हो ।
प्रहरीले घटना स्थलबाट बि ष्फोट पश्चात क्षे ति भएका समानहरुको अवशेष र पक्राउ परेका ब्यक्तिहरुबाट CFN लेखिएको सानो, ठुलो पर्चा १०३ थान, सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको बिभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७, रकम पठाएको र जम्मा गरेको IME रसिद ४ थान, बिभिन्न बैङ्कको चेकबुक ३ थान, मोवायल ५ थान समेत बरामद गरेको हो ।
पक्राउ परेकाहरुको सम्मानित जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अ पराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


