खोलामा डुबेर ५ बर्षीया राईको मृ’त्यु

सोलुखुम्बु, चैत्र २० । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ चेराखु बस्ने जिवन राईको ५ बर्षीया छोरी पबित्र राईको खोलामा डुबेर मृ त्यु भएको छ ।

आज बिहान १२ बजेको समयमा घर नजिकै रहेको बर्खु खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबेर मृ त अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

निर्वाचनमा गठबन्धन गर्ने पाँच दलको निर्णय
गलकोट, २० चैत (रासस)ः स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिनुभयो ।केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताउनुभयो ।आज सम्पन्न पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दस जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताउनुभयो ।

कांग्रेसको घरदैलो र एमाले तथा माओवादीको कोणसभा

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बागलुङका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । जिल्लामा सत्तारूढ दल नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई अघि बढाएको छ ।

यस्तै नेकपा एमाले तथा माओवादी केन्द्रले गाउँमा आमभेला तथा कोणसभामा गर्न थालेका छन् । कांग्रेसले अहिले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको पार्टीका जिल्ला सभापति जीत शेरचनले बताउनुभयो । उसभापतिले घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारी छनोटमा लाग्ने उहाँको भनाइ थियो । ‘घर घर जाऔँ कांग्रेसलाई जिताऔँ’ भन्ने हाम्रो नाराअनुसार घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सभापति शेरचनले भन्नुभयो, “उम्मेदवारी सिफरिसमा छलफल भइरहेको छ, अब लगत्तै दोस्रो चरणमा गाउँमा केन्द्रित अभियान सञ्चालनको तयारीमा छौँ, अब कांग्रेस आमसभामा केन्द्रित हुनेछ ।”

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन कार्यक्रमलाई गति दिन जनतासँग भेटघाट सकेर कोणसभा गर्ने तयारीमा लागेको छ । उक्त दलले टोल–टोलसम्म पहिलो चरणको निर्वाचन केन्द्रित अभियान सकेको जिल्लाका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताउनुभयो । पहिलो चरणको घरदैलो, कोणसभा तथा जनभेटघाट सकिएको छ, दोस्रो चरणमा चुनाव केन्द्रित अभियानका विषयमा पुनः जिल्ला कमिटी बैठक बस्ने तयारी छ, बैठकको निर्णयपछि पुनः एमाले गाउँ फर्कनेछ । उहाँका अनुसार केन्द्रीय कमिटी जिल्लामा, प्रदेश कमिटी पालिकामा र जिल्ला कमिटी वडामा केन्द्रित हुनेगरी मापदण्ड बनाएर अगाडि बढ्ने एमालेको रणनीति रहेको छ ।

माओवादीले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ । उक्त दलले कोणसभा गर्दै अगाडि बढेको नगर कमिटी सचिव राजु खड्काले बताउनुभयो । यस्तै बागलुङमा राम्रो प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले पनि चुनावी अभियानलाई तीव्र गति दिएको छ । बागलुङमा ठूला र साना गरी १९ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।