पहाड उक्लिँदै कालाजार, बाहुनीडाँडामा भेटिए बिरामी

खोटाङ, २० चैत । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएका छन् । बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा एक जनामा कालाजार पुष्टि भएको हो ।

खोटाङ प्रवेशद्धारका रुपमा रहेको जयरामका ९२ जनाको रगत परीक्षणका क्रममा उनलाई पोजिटिभ देखिएको हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार पुष्टि भएका बिरामीको संख्या चार पुगेको छ । गत साउनयता बाहुनीडाँडामा दुई जना र झाप्पामा एक जना कालाजारका बिरामी भेटिइसकेका छन् ।

कालाजार फैलिएको आशंकामा बाहुनीडाँडाको जयराम, कदुवा र झाप्पामा १४ देखि १९ चैतसम्म समुदायमा आधारित अभिमुखीकरण सञ्चालन गरिएकाे हाे । साथै दुई सय ४७ जनाको रगत परीक्षण पनि गरिएको थियो । कालाजारको पीसीआर परीक्षणका लागि जयरामका ९२ जना, कदुवाका ७८ जना र झाप्पाका ७७ जनाको नमूना संकलन गरेर आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए ।

दोश्रो चरणमा कालाजारको बिरामी पत्ता लगाउन जिल्ला अस्पतालसँगको सहकार्यमा बाहुनीडाँडामा रगत परीक्षण गर्ने योजना बनाइएको छ । तेश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका र दुधकोसी पारी पर्ने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकासँगको सहकार्यमा खाल्डाखुल्डीमा किटनाशक विषाधि स्प्रे गर्ने योजना बनेको सह–संयोजक घिमिरेले बताए ।

बाहुनीडाँडाको विभिन्न बस्तीमा साउन २०७७ यता कालाजार देखा परेको हो । आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र आर्थिक वर्ष २०७७/०७८ मा एक जनालाई कालाजार पुष्टि भएको थियो । जिल्लामा कालाजार भएको पुष्टि गर्ने सुविधा र प्रविधि नभएकाले कालाजार भएनभएको पुष्टि गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । तराईमा लाग्ने कालाजार पछिल्लो समय पहाडतिर देखा पर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

कालाजारको समस्या देखिएको बाहुनीडाँडा दुधकोसी किनारमा पर्छ । मध्यपहाडी लोकमार्गले छोएको तथा तराईसँग सिधा सम्पर्क रहेको बाहुनीडाँडाबाहेक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका तटिय क्षेत्रमा समेत कालाजारको समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाले पनि केही समयअघि भोजपुर, खोटाङ, ओखलढुंगा लगायतका पहाडी क्षेत्रमा कालाजार देखा परेको जनाएको थियो ।

कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।