भोजपुरमा खाल्डोमा जमेको पानीको डुब्दा २ बर्षीया बालकको मृ’त्यु
भोजपुर, चैत्र २१ । भोजपुरको पौवादुङमा गाँउपालिका-२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबि बालकको मृ’त्यु भएको छ ।
आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका-७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोको पानीमा डुबेका थिए ।
अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले मृ’त घोषणा गरेका हुन ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको छ ।


