धनकुटामा समेत चलचित्र ‘ केजीएफ च्याप्टर २’ दर्शकको रोजाइमा
धनकुटा,४ बैशाख । कोरोना म’हामा’रीका कारण थला परेको चलचित्र क्षेत्रमा पर्खाइमा रहेको चलचित्र ‘ केजीएफ च्याप्टर २’ पूर्वि पहाडी जिल्ला धनकुटामा समेत दर्शकको रोजाइमा परेको छ ।
सामान्यतया बढी मात्रामा नेपाली फिल्म बुझन्ने दर्शकहरु समेत चलचित्र ‘ के.जी.एफ. च्याप्टर २’ हेर्नका लागि फिल्महल आएको धनकुटाको एक मात्र सिनेमाहल धनकुटा सिनेमाहलका संचालक पूर्णकुमार चौधरीले बताउनु भयो । फिल्म हेर्न आउने अधिकांश दर्शकले फिल्मको सबै पक्ष लाई राम्रो बताएको संचालक चौधरीले बताउनु भयो ।
पहिलो च्याप्टर हेरिसकेका दर्शकहरुले भने कथा बस्तु सबै बुझेको बताए पनि च्याप्टर २ मात्र हेर्दा पनि मनोरंञ्ज हुने दर्शकहरुको भनाई थियो ।
म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा
तम्घास, ४ वैशाख (रासस)ःगुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उहाँ कालीमाटी, ढाडा, गैरापधँेरालगायत स्थानमा पुग्ने गर्नुहुन्थ्यो । ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा आएको छ । घरमै पानी आउन थालेपछि उहाँको दैनिक जीवन धेरै सहज बनेकोे छ ।
कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारी सुनाउनुहुन्छ । “बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उहाँले भन्नुभयो, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्याे ।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उहाँको भनाइ थियो ।
“घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भन्नुभयो, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।”
घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिनुहुन्छ । पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन् । विगत एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा जडान भएको छ । “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भन्नुभयो, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।” घरमै पानी आएदेखि पुस्ताँैदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ ।
त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ । “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उहाँले भन्नुभयो, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।”


