ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’

काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ ।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रममा झापा आन्दोलनका अगुवा अमर कार्की, भीमबहादुर खतिवडा, धनुषाकी कुमारी महरा, ललितपुरका चतुर ब्यञ्जनकार, काठमाडौँका विष्णु डङ्गोल, बाग्लुङका वसन्त गौचन, काठमाडौँका नानीमैयाँ नकर्मी, गायक रामकृष्ण दुवाल, हरि शर्मा, कास्कीका टेकनाथ बराल, कञ्चनपुरका लक्ष्मी जोशीलगायत हुनुहुन्छ । उहाँहरुलाई एमालेका अन्य शीर्ष नेताको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले सम्मान गर्नुभएको हो ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कठोर यातना र जेलनेलपूर्ण जीवन पार गरेर लोकतन्त्रका लागि योगदान दिएर यसबीचमा कुनै पनि लाभको पद नलिएकालाई योगदानको स्मरण गर्र्दै सम्मान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकालाई स्वागत गरिएको थियो ।

एमालेले आजै मुलुकका अधिकांश पालिकामा आफ्नातर्फबाट स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमालेको थापाथलस्थित केन्द्रीय कार्यालय आजदेखि ललितपुरको च्यासलको तुल्सीलाल स्मृति भवनमा स्थानान्तरण गरिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।