एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी

प्रकाश सिलवाल/काठमाडौँ, ११ वैशाख (रासस) ः माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको छ । उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागू गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो ।

त्यहाँका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र पठाइएको छ भने विद्यालयका प्रधानअध्यापकलाई केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्डमातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । यही वैशाख ९ गतेदेखि सुरु भएको यो परीक्षामा ललितपुरबाट पाँच जना विदेशी विद्यार्थीले नेपालमा रहेर परीक्षा दिइरहेका छन् ।

अघिल्ला दुई वर्षमा कोभिड—१९ का कारण आन्तरिक मूल्याङ्कनबाट परीक्षा सम्पन्न भएकामा यसवर्ष भौतिक उपस्थितिमा केन्द्रस्तरबाट परीक्षा सञ्चालन भएको हो ।

पाँच लाख १४ हजार ९७७ विद्यार्थीले आवेदन दिएको परीक्षामा कूल दुई हजार सात परीक्षा केन्द्र तोकिएका छन् । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र रहेका छन् । परीक्षामा ग्रेडवृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारतर्फ १४ हजार ५६४ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ । देशभरबाट पहिलो र दोस्रो दिनको अनुपस्थित परीक्षार्थी सङ्ख्या सङ्कलन भइनसके पनि काठमाडौँमा कूल ३६ हजार परीक्षार्थीले आवेदन दिएकामाा एक हजार एक सय विद्यार्थी अनुस्थित रहेको पाइएको छ ।

परीक्षामा कूल ६१ विषयका विद्यार्थी संलग्न छन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सुरक्षाकर्मी गरी करीब ७० हजार जनशक्ति खटिइएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, बोर्डका अध्यक्ष महाश्रम शर्मा, मन्त्रालयका सचिव यादव कोइराला, नियन्त्रक रायमााझीलगायत उच्चाधिकारीले परीक्षाबारे नियमित जानकारी लिई आवश्यक सहजीकरण र निर्देशन दिइरहनुभएको छ ।

यही वैशाख २० गतेसम्म सञ्चालन हुने परीक्षाको दोस्रो दिन आज परीक्षा सञ्चालन निरीक्षणका क्रममा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा भेटिनुभएका अध्यक्ष शर्माले हालसम्मको परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादितरुपमा भएको बताउनुभयो । बोर्डले विभिन्न जिल्लामा परीक्षाको अनुगमन पनि गरिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन निर्माण भइनसकेकाले यस वर्षसम्म केन्द्रबाटै एसइई सञ्चालन भएको र आगामी दिनमा प्रदेशस्तरबाट सञ्चालन गराउन नीतिगत निर्णय भइसकेको राससलाई बताउनुभयो । आगामी दिनमा प्रदेशस्तरमा प्रश्नपत्र निर्माण, परीक्षा व्यवस्थान, सञ्चालन र उत्तरपुस्तीका समपरीक्षणलगायतका कार्य हुनेछ भने बोर्डबाट अभिलेखीकरण र परीक्षाफल प्रकाशनका कार्य हुने नियन्त्रक रायमाझीले बताउनुभयो ।

संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेकाले कक्षा १० को परीक्षा केन्द्रबाट सञ्चालन गरिरहनु उपयुक्त नहुने विज्ञहरुको भनाइ छ । सिकाइ उपलब्धिमा सुधार र शिक्षामा सुधारका लागि पाठ्यक्रम, शिक्षण पद्दति र परीक्षा प्रणालीमा थप परिमार्जनका लागि पनि बहस चल्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।