दोर्दी करिडोरको बिजुली उपयोगको प्रयास

काठमाडौँ, ११ वैशाख । नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाको बिजुलीलाई शीघ्र राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रयास सुरु गरेको छ ।

प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसकिएको भन्ने गुनासो सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचनाप्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनास्थलको निरीक्षण गरेको हो ।

टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावरको ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत् आयोजनाको भ्रमण गरेको थियो ।

टोलीले ति आयोजनाको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजना जतिक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन नदिइने बताउनुभयो ।

प्राधिकरणले दोर्दी खोलाका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सवस्टेसन निर्माण सम्पन्न गरेको थियो । गत वर्ष असार १ मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ टावरमध्ये चार बगाएको थियो ।

बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पु¥याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका चार टावर र जलविद्युत् आयोजनाको पुनःनिर्माण भइरहेको छ । चार टावरमध्ये दुईको जग हालिएको, एक खडा गरिएको छ भने दुईको जग हाल्ने काम भइरहेको छ । यो काम यही वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
“निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन बाढीले बगायो भने जलविद्युत् आयोजनामा ठूलो क्षति पु¥यायो, अहिले प्रसारण लाइन तथा जलविद्युत् आयोजनाको पुनःनिर्माण तथा मर्मतसम्भार भइरहेको छ, यो काम सम्पन्न गर्न बढीमा दुई महिना लाग्ने देखिएको छ, त्यसैले जलविद्युत् आयोजनाको बाँकी काम सक्ने बेलासम्म प्रसारण लाइन पनि तयार हुन्छ”, उहाँले भन्नुभयो ।

एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि सबै पक्ष मिलेर जतिसक्दो छिट्टो काम सम्पन्न गर्न तथा प्रसारण लाइन छैन भन्दै काममा ढिलाइ नगर्न तथा ठेकेदारले प्रसारण लाइनको संवेदनशीलतालाई ध्यान दिएर श्रमिक थपेर निर्माण तत्काल सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो ।

सो करिडोरको आयोजनामध्ये दोर्र्दी–१ जलविद्युत् आयोजनाको काम छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उहाँले बताउनुभयो । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षण सम्पन्न गरी २० दिनभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराइएको थियो ।

आयोजनाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्थाअन्तर्गत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा जोडिने छ । यसका लागि उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब छ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाखभित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीचयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ ।

उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी–१ आयोजनाको विद्युत् पनि मध्यमस्र्याङद्दीको स्वीचयार्डमै जाडिने छ ।

“अहिलेको ऊर्जा सङ्कटको प्रसारण लाइन अभावमा २७ मेगावाट र १२ मेगावाट विद्युत् जोड्न नसक्ने अवस्था आउन दिनुहुँदैन, यसमा मुख्य रुपमा ठेकेदारले गम्भीर भएर काम गरिदिनुप¥यो”, कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई आग्रह गर्दै भन्नुभयो । बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावरले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले शुक्रबारबाट परीक्षण उत्पादन सुरु गरेको छ ।

“स्थानीयवासीको अवरोधले खुदी–उदीपुर प्रसारण लाइन निर्माणका केही ढिला हुँदा वैकल्पिक व्यवस्था अन्तर्गत चिनियाँ लागानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनाको प्रसारण लाइनमा न्यादीको विद्युत् जोडिएको छ, सो प्रसारण लाइनमा सम्बन्धित प्रवद्र्धकले जोड्न नदिने अडान लिइरहेका थिए, तर प्राधिकरणको निरन्तरको प्रयासपछि अन्ततः न्यादीलाई जोड्न सफल भएका छौं”, घिसिङले भन्नुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।