स्थानीय निर्वाचन : भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

महेन्द्रनगर, १५ वैशाख । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । यहाँको भीमदत्त नगरपालिकामा नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेदवार महेशप्रसाद पन्त र उपप्रमुखका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट नगर प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेय र उपप्रमुखका उम्मेदवार कृष्णदत्त जोशीले पनि टोलटोलमा पुगेर भोट मागिरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले भीमदत्त नगरपालिका–१ रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम शुभारम्भ गर्दैछ । “आज बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टोली सहभागी हुँदैछन्”, कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भन्नुभयो, “यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेको छ ।” उहाँले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताउनुभयो ।

यहाँका अन्य स्थानीय तहलमा पनि नेताहरुले घरदैलो अभियानमा जुटेका छन् । बेलौरी र पुर्नवास नगरपालिकामा पनि घरदैलो अभियान सुरु भइसकेको छ । एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिएको जानकारी दिनुभयो ।

“पहिलोपटक बेलौरीमा हामीले महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ”, उहाँले भन्नुभयो, “घरदैलो अभियान पनि सुरु गरिसकेका छौँ ।” पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा लाग्नुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उहाँको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान थाल्नुभएको छ । “शुक्रबारदेखि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन् ।” उहाँले भन्नुभयो, “अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।”

नौवटै पालिकामा कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाको उम्मेदवारी परेको छ । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकामा आठ जनाले र बेदकोट नगरपालिकामा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेदवारी परेको छ । कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । बेलौरी नगरपालिकामा ६ तथा पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । लालझाडी गाउँपालिकामा ६ तथा बेल्डाँडी गाउँपालिकामा ६ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖