जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरको आवश्यकता ः महामन्त्री थापा

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाको लागि आवश्यक भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएकी सिर्जना सिहंको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा आज उहाँले काठमाडौँभित्रको देखिएको व्यथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

“सिर्जना गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमतीमात्र नभएर आफैँमा राजनीतिक व्यक्ति हुनुुहुन्छ, उहाँलाई अहिले पार्टीले न्याय गरेर टिकट दिएको छ, समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनुहोस्”, महामन्त्री थापाले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठूलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भीडभाड कम गर्न फुटपातको व्यवस्थापन गर्न र फोहरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरेपनि काठमाडौँका जनताले राहत पाउने बताउनुभयो । महामन्त्री थापाले काठमाडौँको प्रमुखमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गर्नुभयो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको भन्दै उक्त अवसरलाई सही सदुपयोग गर्न सम्पूर्णलाई आग्रह गर्नुभयो । उहाँले कांग्रेस कम कुरा गर्ने र काम धेरै गर्ने पार्टी भएको बताउँदै मुलुकमा सुशासन र समृद्धि ल्याउनका लागि कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो ।

नेता डा महतले नेपालको लोकतन्त्र स्थापनामा सिर्जना सिंहको महत्वपूर्ण भूमिका रहेको बताउँदै लोकतन्त्रको रक्षा गर्दै मुलुकको विकासका लागि पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिंहलाई उठाएको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सक्षम महिला नेत्रीलाई कांग्रेसले महानगरको उम्मेदवारको रुपमा अगाडि सारेको भन्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले काठमाडौँको मुहार फेर्नलाई कांग्रेस नेतृत्वले महिलालाई महानगरको उम्मेदवार बनाएको भन्दै कांग्रेस केन्द्रीय नेतृत्वलाई धन्यवाद दिनुभयो । कांग्रेस काठमाडौँका पूर्व सभापति एवमं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षा गर्दै लोकतन्त्र बचाउन गठबन्धन आवश्यक रहेको बताउनुभयो । कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्यले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबैलाई आग्रह समेत गर्नुभयो ।

सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई परिवर्तन गर्नका लागि सात सङ्कल्प प्रस्तुत गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।