निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्णः अध्यक्ष पोखरेल

दमौली, १७ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय तह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले आज यहाँ आयोजना गरेको आचारसंहिता पालना विषयक अन्तरक्रियामा बोल्दै उहाँले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पोखरेलले लोकतन्त्रलाई सही ढङ्गबाट अगाडि बढाउन निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनबाट सक्षम नेतृत्व चयनका लागि पत्रकारले आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । पत्रकारले सधैँ तटस्थ भूमिका प्रदर्शन गर्नुपर्ने र निर्वाचनका बेला अझ त्यसको महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पत्रकारले कुनै पार्टीको प्रचारप्रसार गर्न हुँदैन, पत्रकारमाथि कसैले पनि औँला ठड्याउने अवस्था आउन नदिन सजग हुनुपर्छ । तटस्थ भूमिका प्रदर्शन गर्नेतर्फ सचेत हुनुपर्छ ।”

अध्यक्ष पोखरेलले नेपाली पत्रकारिता क्षेत्र तटस्थ छ भनेर स्थापित गर्न जरुरी रहेको बताउँदै आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । “पत्रकारको आफ्नै पनि आचारसंहिता छ, आचारसंहिता पालनाले पत्रकारलाई चरित्रवान बनाउँछ”, उहाँले भन्नुभयो ।

निर्वाचनका बेला सरकार र निर्वाचन आयोगको भूमिका, राजनीतिक दल र उम्मेदवारको एजेण्डा, मतदाताको सुरक्षा लगायतका विषयलाई पत्रकारले सुक्ष्म रुपमा अध्ययन गर्नुपर्नेमा उहाँको जोड थियो । मतदातालाई भयरहित हिसाबले मतदान गर्न पाउने अवस्था सिर्जना गर्न पत्रकारले कलम चलाउनुपर्ने उहाँको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले स्वतन्त्र र भयरहित निर्वाचनको प्राणवायु आचारसंहिता भएको उल्लेख गर्नुभयो । आचारसंहिता पालनामा अझै पनि सरोकारवाला गम्भीर हुन नसकेको भन्दै उहाँले सबैले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । पत्रकार एउटा पक्षको मात्र नभई सबै पक्षको हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पत्रकारले यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले सूचना प्रवाह गर्ने काममा प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, जिल्ला अध्यक्ष उज्ज्वल पौडेललगायतले पत्रकार आचारसंहिताका विषयमा धारणा राख्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।