खाेटाङकाे स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

खोटाङ, २० वैशाख । खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन: दाेहाेरिने याेजनामा छन् । जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुन: उम्दवार बनेका छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा निर्वाचित बीणादेवी राई पुन: सोही पदमा दोहोरिन गरी उम्मेदवार बनेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट उपमेयरमा निर्वाचित विमला राई यसपटक मेयर बन्ने दौडमा छिन् । एमालेबाट ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित पुष्पकला भुँजेल सोही पदमा दोहोरिने गरी चुनावी मैदानमा छिन् । यस्तै, केपिलासगढी गाउँपालिकाका एमालेबाट अध्यक्षमा निर्वाचित कृष्णकुमार राई पुन: दोहोरिने गरी उम्मेदवार बनेका छन् ।

खोटेहाङ गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चुनिएकी कविता राई यसपटक गाउँपालिका अध्यक्ष बन्ने दाैडमा छिन । एमालेबाट जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई र उपाध्यक्षमा निर्वाचित विमला राई यथास्थानमा चुनिने गरी चुनावमा होमिएका छन् ।

बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिक बञ्जरा सोही पदमा दोहोरिने गरी उम्मेदवार बनेका छन् भने एमालेबाट उपाध्यक्षमा निर्वाचित गोमा मगर अध्यक्षमा पदउन्नतीमा होमिएकी छिन् । साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा चुनिएका अर्जुन खड्का र कांग्रेसबाट उपाध्यक्षमा चुनिएकी सरिता खड्का यथास्थानका लागि उम्मेदवार बनेका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वन, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र समला राई बाहिरिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।