लेखापरीक्षण मर्यादित र व्यावसायिक हुनुपर्छ : अर्थमन्त्री

काठमाडौँ २० वैशाख । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरिक्षण हुनुपर्ने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज यहाँ आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक बिमुख हुन नहुने धारणा राख्नुभयो ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखापरीक्षकहरूलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो । “जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईँहरू (लेखापरीक्षक) ले ख्याल राख्नुहोला”, उहाँले भन्नुभयो ।

लेखापरीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उहाँले बताउनुभयो । “निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखापरीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “लेखापरीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।”

उहाँले वित्तीय अनुशाशन कायम गर्न÷गराउन लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाबकिताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले गरिबी न्यूनीकरणका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताउभयो । “वर्षौदेखि बहुआयामिक गरिबी किन भइरहेको छ । यसको अडिट गर्नुप¥यो । जोड राख्नुपर्ने ठाउँमा घटाउ राखेर हिसाब गर्दा पो यस्तो भएको हो की ?” उहाँले भन्नुभयो, “अब गरिबीको सही ढङ्गले अडिट गरियो भने हामी सुधार गर्न सक्छौँ ।”

उहाँले अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ती, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको बताउनुभयो । “अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ”, उहाँले भन्नुभयो । मुलुकलाई आत्मनिर्भर बनाउने गरी मुलुक भित्रको स्रोतसाधनको अधिकतम उपयोग गर्ने बेलासमेत आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा आइक्यानको अध्यक्ष युद्धराज ओलीले लेखा व्यवसायी सम्मेलन पहिलो पटक आयोजना भएको बताउनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनबाट रााष्ट्रिय अर्थतन्त्रका विषयमा गम्भीर रूपले छलफल एवम् विचार विमर्श हुने उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।