एमालेबाट वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

तुलसीपुर, २७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसअघि उहाँ तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी पर्नुभएको हो । उहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖