निर्वाचनलाई लक्षित गर्दै रसुवागढी नाका बन्द

रसुवा, २८ वैशाख । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो ।

स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै मंगलबार रातिदेखि शुक्रबार रातिसम्म नाका बन्द हुने जानकारी चिनिया पक्षलाई गराइसकेको उनले बताए । मंगलबार चिनिया पक्षले चिनिया १४ कन्टेनर सामान नेपाली भूमिमै ल्याइदिएका थिए । नाका शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ । नाका बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ ।

कोरोना महामारी सुरुभएसँगै चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपाल तर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ९ चिनिया गाडीमै नेपाल सामान आयात हुने गरेको छ ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनिया गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरुभएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

त्यसैगरि निर्वाचनलाई मध्यनजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।