नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

दाङ, २९ वैशाख । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे ।

स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।

मतदान केन्द्र अनुगमन
भक्तपुर, २८ वैशाख (रासस):स्थानीय तहको निर्वाचन आउन एक दिन बाँकी हुँदा बुधबार जिल्लाका विभिन्न मतदानस्थल तथा मतदान केन्द्र अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा खटिएका पदाधिकारीले जिल्लाका विभिन्न ठाउँका मतदान केन्द्र, मतदानस्थल र मतगणनास्थल अनुगमन गरेका हुन् ।

मतदानस्थलको तयारी कस्तो भइरहेको छ, मतदानपछि कसरी मतपेटिका लैजाने, मतगणनास्थलको तयारी कस्तो छ, थप गर्नुपर्ने अवस्था भए नभएको बारेमा जानकारी लिइएकोे प्रजिअ शर्माले जानकारी दिनुभयो । बुधबार नै मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि यहाँका विभिन्न मतदान केन्द्र अनुगमन गरेको छ । मौन अवधिमा आचारसंहिता पालना भए÷नभएको र मतदानस्थलको अवस्था कस्तो छ भन्ने जानकारी लिँदै आवश्यक तयारी गर्न अनुगमन गरिएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, निर्वाचन अधिकृत मैँया कँडेल, सहायक मतदान अधिकृत केशव सिलवाल, नेपाली सेनाको गठ्ठाघरस्थित भैरववाण गुल्मका सेनानी परशुराम थापा, थिमिस्थित प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरी, दुवाकोटस्थित सशस्त्र प्रहरी गणका प्रहरी नायब उपरीक्षक सुरज कार्कीलगायत अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।

अनुगमनका क्रममा मतदानस्थललगायत क्षेत्रमा आचारसंहिताविपरीत विभिन्न राजनीतिक दलका झण्डा, फ्लेक्स, मतदान चिह्नलगायत प्रचार सामग्री तत्काल हटाउन लगाइएको सहायक निर्वाचन अधिकृत सिलवालले जानकारी दिनुभयो ।मौसमको प्रतिकूल अवस्थाको मध्यनगर गर्दै मतदान केन्द्र र स्थलको तयारी गर्न निर्देशन दिइएको उहाँले बताउनुभयोे । हिजै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरणको समेत अनुगमन गरिएको र मतदानको सबै तयारी पूरा भएको समेत उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖