मोरङमा दुईवटा मोटरसाइकल ठो’क्किँदा राईको मृ’त्यु
मोरङ, २९ वैशाख । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईओटा मोटरसाइकल ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे ठोक्किएका थिए ।
दुर्घटनामा ग’म्भीर घा’इते भएका ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बिराटचोकले जनाएको छ ।


