मन्त्री कार्कीद्धारा मतदान, निर्वाचनलाई मर्यादित बनाउन अपिल
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मतदान गर्नुभएको छ । मोरङको बुढिगंगा गाँउपालिका २ स्थित नयाँ हेल्थ पोष्टबाट उहाँले मतदान गर्नुभएको हो ।
मन्त्री कार्कीले अन्य मतदातासंगै लाईनमा बसेर मतदान गर्नुभयो । उहाँले विवेकसम्मत ढंगले मतदान गर्न मतदातालाई आग्रह पनि गर्नुभएको छ । निर्वाचनको दिन(आज)एक अपिल जारी गर्दै निर्वाचनलाई मर्यादित बनाउन सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
सरकार स्वच्छ तरिकाले निर्वाचन गराउन प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले आम नागरिक पनि सभ्य भएमा निर्वाचन मर्यादित बन्ने बताउनुभएको छ ।


