ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि

ललितपुर, ३१ वैशाख । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएकाे छ भने गठबन्धनले पछ्याएकाे छ ।

कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुकमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन् भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।

गोकर्णेश्वरमा मतगणना सुरु
काठमाडौँ, ३१ वैशाख (रासस) ःगोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उहाँले सुनाउनुभयो ।

प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले नेतृत्व लिएका छन् ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । ती मध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो ।

शुक्रबार भएको मतदानमा वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।