इलाममा मत गणनाको प्रारम्भिक नतिजा आउन सुरु,गठबन्धनको सुरुवाती अग्रता
इलाम, ३१ वैशाख । इलाममा स्थानीय तह निर्वाचनको मत गणना सुरु भएको छ । इलाम नगरपालिकामा नेपाली कंग्रेसका केदार थापाले अग्रता लिएका छन् । इलाम नगरपालिका १ साखेजुङ्गको मत गणना हुँदा कांग्रेसका केदार थापाले १७७ मत पाउँदा एमालेका धिरेन चेम्जोङले १२१ मत पाएका छन् ।
सूर्योदय नगरपालिकामा गठबन्धनका उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन् । उनले ८० मत पाउँदा एमालेका काजिमान कागतेले ७० मत पाएका छन् । माङसेबुङ्ग गाउँपालिकामा कांग्रेसका डिकेन्द्र इदिङ्गोको सुरुवाती अग्रता छ ।
चार सय मत गठना हुँदा इदिङ्गोले २५६ र एमालेका उम्मेदवार हेमन्त राईले ५८ मत पाएका छन् माईजोगमाई गाउँपालिकामा एकालेका कुशबहादुर थेबेले अग्रता लिएका छन् । थेबेले २०३ मत पाउँदा गठबन्धनका उम्मेदवार जीत बहादुर राईले १६० मत पाएका छन् ।
लालझाडी–६ मा कांग्रेसका जोशी विजयी
कञ्चनपुर, ३१ वैशाख (रासस) ःस्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ ।
लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गर्नुभएको छ । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ ।


