भोजपुरको साल्पासिलिछोमा कांग्रेसको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मदेवार

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा उम्मेदवार दिएको महेश राईले २१० मत प्राप्त गरेका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार दैलत कुलुङ राईले पछ्याइरहेका छन्् । उनले २०४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार शान्ति अधिकारीले १११ मत पाएका छन् ।

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता
लुम्बिनी, ३१ वैशाख (रासस) ःस्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिनुभएको छ । उहाँले २१५ प्राप्त गर्नुभएको छ भने, राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा (एमाले)का बाबुराम भट्टराइले ७८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖