ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

फुङ्लिङ, ३१ वैशाख । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो ।

एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गर्नुभएको छ । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गनुभएको थियो भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गर्नुभएको हो ।

१३२ मतले लिम्बू पराजित हुनभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो ।

यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरुभएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।