भोजपुरको हतुवागढी १ मा एमालेका कुमार विष्ट विजयी
भोजपुर । भोजपुरको हतुवागढीमा १ नम्बर वडाको मत गणना सम्पन्न भएको छ । अन्तिम नतिजा अनुसार वडाध्यक्ष पदमा ४५९ मतका साथ नेकपा एमालेका उम्मेदवार कुमार बिष्ट विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी बहादुर थापाले २८४ मत प्राप्त गरे । त्यस्तै वडाका स्वतन्त्र काजिराम बस्नेतले ४ र जनता समाजवादी पार्टीका उम्मेदवार दिनेश राईले १५ मत प्राप्त गरेका छन् ।
हतुवागढी १ मा एमालेबाट वडाध्यक्ष सहित दलित महिला सदस्य, खुल्ला सदस्य २ जना निर्वाचित भएका छन् । महिला सदस्यमा भने कांग्रेसकी उम्मेदवार निर्वाचित भएकी हुन् ।
वडा नम्बर १ मा खसेको कुल मत ८११ रहेको छ । जसमध्ये पालिका प्रमुखमा एमालेको ३७१, गठबन्धनको ३८६ र बदर मत ५४ रहेको छ । त्यस्तै उपप्रमुखमा एमालेको ३७८, गठबन्धनको ३६१ र बदर मत ७२ रहेको छ ।
चौबिसे गाउँपालिका वडा १ अध्यक्षमा गठबन्धबाट कांग्रेसका श्रेष्ठ बिजयी
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका श्री कृष्ण श्रेष्ठलाई पराजित गरेका छन् । एमालेका श्रेष्ठले ४८६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि पछिल्लो परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ५०८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले ४६४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ४५४ र एमालेका टंकमाया पांग्मीले ५०९ मत प्राप्त गरेका छन् ।


