इलामको सन्दकपुर गाउँपालिका-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

इलाम, ३१ वैशाख ।इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् ।

पाख्रिबास नगरपालिकामा गठबन्धनले लियो सुरुवाती अग्रता
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा करिब दिनको १२ बजेबाट मतगणना सुरु भएको थियो । गणना नगरको वडा नं १ बाट सुरु गरिएको छ ।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार १३० मत गणना गरिंदा नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंगले ८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भिम बहादुर राईले ४० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले ६८ मत प्राप्त गरेका छन् भने एमालेका नम्रता देउजाले ४५ मत प्राप्त गरेका छन् ।

त्यसैगरि वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ८४ मत प्राप्त गरेका छन् भने नेकपा(एमाले) का दुर्गा बहादुर थापाले ३९ मत प्राप्त गरेका छन् ।

नगरमा १७ हजार ८७ कुल मतदाता मध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका थिए । १० वटै वडा गरि कुल मतदाताको ६६.१० प्रतिशत मत खसेको थियो ।

चौबिसे गाउँपालिका वडा १ अध्यक्षमा गठबन्धबाट कांग्रेसका श्रेष्ठ बिजयी

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका श्री कृष्ण श्रेष्ठलाई पराजित गरेका छन् । एमालेका श्रेष्ठले ४८६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि पछिल्लो परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ५०८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले ४६४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ४५४ र एमालेका टंकमाया पांग्मीले ५०९ मत प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।