पाख्रिबास नगरपालिकाको वडा ४ र ५ मा गठबन्धनको प्यानलै बिजयी भएपछि निकालियो विजयी जुलुस(तस्बीरहरु)

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ४ र ५ को मतगणना सम्पन्न भएको छ ।

जस अनुसार दुबै वडामा गठबन्धनका उम्मेदवारले प्यानलै जितेका छन् । जित पछि विजयी उम्मेदवार सहित कार्यकर्ताले पाख्रिबास बजार क्षेत्रमा उत्साहका साथ विजयी जुलुश निकालेका छन् ।

अन्तिम मत परिणाम अनुसार वडा नं ४ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष मानन्धरले ५८८ मत ल्याउंदै बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का गोपाल भट्टराईले ३०० मत प्राप्त गरेका छन् ।

खुला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारहरुले ६७७ र ६३८ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ३२७ र २८८ मत ल्याएका छन् ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका शुष्मा गुरुंगले ६८३ मत ल्याएर बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी एमालेका विमलादेवी पाण्डेले ३२४ मत प्राप्त गरेका छन् । त्यसैगरि दलित महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका कुमारी दर्जीले ६९२ मत ल्याएर बिजयी बनेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका पार्वता नेपालीले ३१९ मत प्राप्त गरेका छन् ।

वडा नं ५ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका महेश राईले ६७७ मत ल्याउंदै बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का डिल्ली कुमार भण्डारीले ४९४ मत प्राप्त गरेका छन् ।

खुला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारहरुले ६५६ र ६६९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ४८० र ४८८ मत ल्याएका छन् ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका सरिता कटुवालले ६५२ मत ल्याएर बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी एमालेका सन्जा खड्काले ५१६ मत प्राप्त गरेका छन् । त्यसैगरि दलित महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका अमृता बिकले ६६५ मत ल्याएर बिजयी बनेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका बबिता बिश्नकर्माले ५०९ मत प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖