चौबिसे गाउँपालिका अपडेट : अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले ४,८६० मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ३,३४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्ष पदमा एमालेका टंकमाया पांग्मीले ४,१७० मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ३,२६८ मत प्राप्त गरेका छन् ।

यो पनि हेर्नुहोस् – मायादेवी मन्दिरको दर्शन गर्न मोदी उत्सुक ! : नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्ल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए ।

‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ । भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौं देखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउन लागेका हुन्। पाचौँ पटक नेपाल आउन लागेका मोदीले मायादेवी मन्दिरको अलावा लुम्बिनी मठ क्षेत्रमा भारत अन्तर्राष्ट्रीय बौद्ध संस्कृति एवं विरासत केन्द्रको शिलान्यास र बुद्ध जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

विदेश सचिव विनय मोहन क्वात्राले अप्रिलमा भएको द्विपक्षीय बैठकमा दुवै देशका नेताले गरेको कुरा अगाडि सार्दै द्विपक्षीय सम्बन्धको बारेमा चर्चा हुने, भारत–नेपाल ऊर्जा सम्बन्धी लगायतका विषयमा अप्रिलमा भएको सहमतिमा कुरा हुने बताए । नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

यो पनि हेर्नुहोस् – बुद्ध जयन्तीको अवसरमा भक्तपुरमा बौद्ध सम्पदाको दर्शनमा साइकल यात्रीहरू

भक्तपुर, बुद्ध जयन्तीको अवसरमा भक्तपुरमा बुद्ध जयन्ती मुल समारोह समिति, भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजना भक्तपुरका बौद्ध सम्पदा दर्शन साइकल यात्रा भएको छ । साइकल यात्रामा भक्तपुर, पाटन, काठमाडौँ र बनेपाबाट सय जना भन्दा धेरै साइकलयात्रीहरू सहभागी भएका थिए ।

यात्रा भक्तपुरको इनाचोमा अवस्थित मुनि बिहारका प्रमुख भिक्षु विपस्सी महास्थवीरद्वारा शील प्राथना पश्चात साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालालाई बौद्ध झण्डा हस्तान्तरण गरेपछि शुरू भएको थियो । सम्पदा अध्यता तथा लेखक गणेशराम रञ्जितले सहभागीहरूलाई यात्राको दौरान प्रत्यक महाबिहार, बहा तथा बही सम्बन्धित इतिहास, किंवदन्ती तथा सो स्थानमा मनाइने चाड तथा परम्पराको विषयमा वर्णन गरी ती सम्पदाकोबारे ज्ञान दिएर साइकल यात्रालाई रोचक र ज्ञानमुलक बनाएका थिए ।

भक्तपुर आउँदा सधैँ दरबार स्वायर र मुख्य बाटो मात्र हिड्ने गर्थ्यौ, आजको यात्रामा वास्तविक भक्तपुरको गल्ली तथा यहाँको विभिन्न बिहार, चैत्यहरू घुम्दै जानकारी लिन पाउँदा निक्कै नै उत्साहित छु– यात्राका सहभागी कमला पुनले बताइन् ।

“मठ– मन्दिरले सजिएको नगर भक्तपुरमा यति धेरै बिहार तथा चैत्यहरू छन् भनेर कहिले याद गरेको थिएन । गल्लीभित्र साइकल चलाउदाँको रौनकता पनि बेग्लै, कार्यक्रम आयोजकलाई धेरैधेरै धन्यावाद” – पाटनबाट आएका सहभागी राजेश महर्जनले खुसी व्यक्त गरे ।

करिब ७ किलोमिटरको साइकल यात्रा धर्मोत्तम महाबिहार (मुनि बिहार)– खँचा भक्तपुरबाट शुरु भएको थियो । तयहाँंबाट ईन्द्रवर्ण महाबिहार – ईनाचो, मंगल धर्मदिप महाबिहार ( झौरबही)– गोलमढी, लुँ बहा, सुकुलढोका – चतुरब्रह्म महाबिहार – साकोठाबाट टौमढी हुदै अखण्डशील महाबिहार – बोलाछेँ, नासमना हुदैँ खौमा बहा – खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य) – इनाछेँ, जेतवर्ण महाविहार – तेखापुखु, समक्रित महाबिहार (कुटु बही)– भार्वाचो, जयक्रिती महाबिहार (थथु बही)– नः पुखू, पुण्य जेतवन महाबिहार– इटाछे पुगेको थियो । त्यहाँंबाट भक्तपुर दरबार स्वायर – बालाखु – त्रीपुरासुन्दरी – छुमागणेश – महालक्ष्मी – मञ्जुवर्ण महाविहार (वाउँ बहा), बेखाल , प्रशन्नशील महाबिहार– क्वाथन्दौबाट नवदुर्गा– गछें हुदै आदिपद्म महाविहार– सूर्यमढी पुगेको थियो । त्यहाँबाट जेंंला – वाचु टोल हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन भएको थियो ।

कार्यक्रमको अन्त्यमा बौद्ध सम्पदा दर्शन साइकल यात्रामा सहभागी भइ भगवान् बुद्धको शान्ती, मैत्री र करूणाको सु–सन्देश फैलाउन पुराएको योगदानको सम्मान गर्दै भिक्षु विपस्सी महास्थवीरले सम्पूर्ण सहभागीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । साथै भक्तपुरको बौद्ध संस्कृति तथा सम्पदाको विषयमा आफ्नो अमुल्य ज्ञान बाडेर कार्यक्रमलाई सफल बनाएकोमा सम्पदा अध्यता तथा लेखक गणेशराम रञ्जितलाई विशेष सम्मानपत्र प्रदान गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖