सुवास नेम्वाङको पूर्व स्वकीय सचिवले जिते वडाध्यक्ष
इलाम, २ जेठ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका-७ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।
पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।
खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु, र लिला बहादुर राइ निर्वाचित भएका छन् ।
मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र, उपप्रमुखमा आश्रचन निर्वाचित
ओखलढुङ्गा, ३ जेठ (रासस) ःओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनुभएको छ । अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई एक हजार २०६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । रुम्दाली पाँच हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उहाँका निटतम प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले तीन हजार ८१५ मत ल्याउनुभएको छ । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मत अन्तरले पराजित गर्दै राई चार हजार ७५० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।
यहाँका नौमध्ये सातमा कांग्रेस र दुई वडामा एमालेले जितेको छ । कांग्रेसबाट वडा नं.१ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, वडा नं.७ मा विष्णुप्रसाद गौतम, वडा नं. ८ मा भिम बलाम्पाकी मगरले जित्नुभएको छ ।
नेकपा एमालेबाट वडा नं.९ मा पूर्णबहादुर मगर र ३ मा जितेन्द्र राईले जित्नुभएको छ । विसं. २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित सात वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।


