खोटाङ ऐसेलुखर्कको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन्।उनी २६०६ मतसहित निर्वाचित भएका हुन्। उनले माओवादी केन्द्र श्रीबहादुर राईलाई पछि पारे। श्रीबहादुरले २४८० मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकका राजेशकुमार राजभण्डारी विजयी भएका छन्। उनले ३१४६ मत प्राप्त गरेका छन्।निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पकला भुजेलले २५९५ मत ल्याएकी छन्।
ऐसेलुखर्कमा कांग्रेस र माओवादीबीच तालमेल रहेको थियो।यसअघिको निर्वाचनमा पनि कांग्रेसकै विश्वनाथ निरौला विजयी भएका थिए। उनले एमालेका गृहबहादुर राईलाई पराजित गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
लुम्बिनी, २ जेठ (रासस) :लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना गर्नुभयो ।
दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए । भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँस्थित अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गर्नुभयो ।
दुबै देशका प्रधानमन्त्रीहरुले अशोकस्तम्भ नजिकै रहेको वोधी वृक्षमा जलसिञ्चन पनि गर्नुभएको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्य पुत्तले स्वागत गर्नुभएको थियो ।
आजै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँस्थित अन्तरराष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय वौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण गर्नुभयो ।
त्यसअघि प्रधानमन्त्रीद्वयसँगै प्रधानमन्त्री देउवाको धर्मपत्नी डा देउवाले परित्राण पाठ र स्वस्तीवाचन श्रद्धापूर्वक श्रवण गर्नुभएको थियो ।


