हलेसी तुवाचुङमा कांग्रेस विजयी

खोटाङ, ५ जेठ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी हुनुभएको छ । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खडेन्द्रकुमार राईलाई ३५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी हुनुभएको हो ।

विमलाले छ हजार ३१७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार ९६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सङ्गीता न्यौपाने (ढुङ्गेल)ले जानकारी दिनुभयो । उहाँका अनुसार उपप्रमुखमा राउतले पाँच हजार ९३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६६१ मत ल्याउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा विमला नगरप्रमुखमा निर्वाचित हुनुहुने पहिलो महिला बन्नुभएको छ । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यसवर्षको निर्वाचनमा एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा विजयी हुनुभएको हो ।

एघार वडा रहेको यस नगरपालिकामा तीन वडा बाहेक अन्य सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ मङ्गलटारमा माओवादी का गण राई तथा वडा नं. १० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र वडा नं. ११ राजापानीमा एमालेकै अनिस कार्की विजयी हुनुभएको हो ।

अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वडा जितेको कांग्रेसले यस पटकको निर्वाचनमा थप एक वडाध्यक्षसहित पुनः प्रमुख र उपप्रमुख दुवै जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसबाट वडा नं. १ बाहुनीडाँडामा रुद्रकुमार राई, वडा नं. २ डिकुवामा देवेन्द्रकुमार राई, वडा नं. ३ च्यास्मिटारमा भूपालसिं राई, वडा नं. ४ बडहरेमा किशोरकुमार बस्नेत, वडा नं. ५ दुर्छिममा रुपेन्द्रकुमार राई, वडा नं. ७ महादेविस्थानमा कमल गिरी, वडा नं. ८ धितुङमा टेकराज राई र वडा नं. ९ सल्लेमा काँसीराज राई विजयी हुनुभएको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा बढी छ तथा एमाले र माओवादी केन्द्रले दुई÷दुई स्थानीय तहको प्रमुखमा विजय हासिल गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काग्रेसका तीर्थराज भट्टराई तथा उपप्रमुखमा माओवादी केन्द्रका विसन राई नेकपा (एमाले)का उम्मेदवार कुमार आचार्य र विणादेवी राईलाई अत्यधिक मतले पछि पार्दै विजयी हुनुभएको छ ।

साकेला गाउँपालिकाको प्रमुखमा कांग्रेसका रविप्रकाश राई तथा उपप्रमुखमा माओवादी केन्द्रका बिर्सिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा एमालेका लोकन्द्र राई तथा उपप्रमुखमा एमालेकै अरुणा थापामगर, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा एमालेका गिरेन्द्रबहादुर राई तथा उपप्रमुखमा कांग्रेसका राजेश राजभण्डारी, बराहपोखरी गाउँपालिकाको प्रमुखमा कांग्रेसका शालिकराम बञ्जरा तथा उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का भूवलराज राई विजयी हुनुभएको छ । यस्तै, केपिलासगढी गाउँपालिकाको प्रमुखमा कांग्रेसका समिर राई तथा उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका गुरुराज राई, रावाबेँसी गाउँपालिकाको प्रमुखमा काँग्रेसका फटिककुमार श्रेष्ठ तथा उपप्रमुखमा एमालेका कौशिला गुरुङ, जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका अरुणादेवी राई ‘दिक्षा’ तथा उपप्रमुखमा कांग्रेसका खेमबहादुर खड्का र खोटेहाङ गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उदिमबहादुर राई ‘मुक्ति’ तथा उपप्रमुखमा कांग्रेसका रुपेश राई विजयी हुनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको छ वटा स्थानीय तहमा कांग्रेससहित चार दल तथा चार वटामा कांग्रेसबाहेक तीन दलबीच चुनावी तालमेल भएको थियो । चार राजनीतिक दलबीच चुनावी तालमेल भएको ऐसेलुखर्क गाउँपालिकामा कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङले बागी उम्मेदवार दिनुभएपछि गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई पराजित हुनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा एमाले पाँच, कांग्रेस चार र माओवादी केन्द्रले एउटा स्थानीय तह जितेको थियो । सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा यसवर्षको निर्वाचनमा एमाले एक्लै मैदानमा उत्रिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।