जहाँ एमालेले लालकिल्ला जोगायो

काठमाडौं, ५ जेठ ।सिक्किम सीमा क्षेत्र जोडिएको पाँचथरको स्थानीय तह हो– याङ्वरक गाउँपालिका ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सा‌ंसद गणेशकुमार काम्बाङले यो स्थानीय तहमा यस पटक गठबन्धन दलको झण्डा फहराउन चाहेका थिए ।

जुन सांसद काम्बाङको गृहपालिका पनि हो ।तर, गठबन्धन दलका यी नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन सकेनन् । महागठबन्धनविरुद्ध एक्लै लडेर एमालेले लालकिल्ला जोगायो ।

वडा नम्बर, १, २, ३ र ४ सम्मको मतगणना हुँदासम्म भने गठबन्धन दलका अध्यक्ष पदका उम्मेदवार मबिन्द्र योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार अर्जुन बेघाको अग्रता थियो । यद्यपि, सांसद काम्बाङको वडासमेत रहेको वडा नम्बर ५ मा आइपुग्दा भने एमालेबाट अध्यक्ष पदका उम्मेवदार भीमबहादुर योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार बाबा मेन्याङ्बोले अग्रता मात्र तोडेनन्, अन्ततः निर्वाचन नै जिते ।

निर्वाचन अधिकृतको कार्यालय याङ्वरकले जनाएअनुसार भीमले अध्यक्ष पदमा चार हजार ११८ र मेन्याङ्बोले उपाध्यक्ष पदमा तीन जहरा ९९८ मत प्राप्त गरे । गठबन्धनबाट अध्यक्षमा पराजित मबिन्द्रले चार हजार ३८ र उपाध्यक्षमा पराजित बेघाले तीन हजार ६७९ मत प्राप्त गरेका थिए ।

२०७४ मा यही गाउँपालिकामा एक्लाएक्लै निर्वाचनमा जाँदा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला तेस्रो स्थानमा धेरै मतान्तरले माओवादी थियो । तर, निर्वाचनअघि सोझो रूपमा हेर्दा भने पहिले कांग्रेसले पाएको र माओवादीले पाएको मतले गठबन्धन उम्मेदवारहरूले निर्वाचन जित्‍ने आँकलन थियो । निर्वाचनको परिणाम भने त्यस्तो आएन।

गठबन्धन दलका एक नेताका अनुसार मबिन्द्रलाई आफ्नै वडाबाट कम मत आयो । जबकि, भीमले त्यहाँ ‘लिड’ गरिदिए । यहाँ मबिन्द्रलाई कांग्रेसकै धेरै मतदाताले मत नदिएको गठबन्धन दलहरूबीच चर्चा छ ।

र, पराजित हुनुको अर्को कारण भने तुलनात्मक रूपमा एमालेका भीमभन्दा मबिन्द्र कमजोर उम्मेदवार हुन् । हुन त उनी यसअघि सोही वडाको अध्यक्ष थिए । यससँगै पार्टी सङ्‍गठन सुधार गर्न भन्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मौसमले वार्षिक करोडौँ बजेट यही पालिकामा पठाउँदै आएका छन् ।

निर्वाचनको परिणामले भने बजेट पठाए पनि पार्टीका स्थानीय नेता कार्यकर्ताले सङ्‍गठन बनाउन नसकेको तथ्य छर्लङ्‍ग पारेको माओवादीकै एक नेताले बताउँछन् । ‘मन्त्रीले बजेट ओहिर्‍याएकै हुन् । तर, साथीहरूले योजना लगेर खै सङ्‍गठन बनाउन सकेनछन् । जुन कुरा यो निर्वाचनले छर्लङ्‍ग पार्‍यो’, ती माओवादी नेताले भने ।

याङ्वरकमा एमालेसँगको हारले कांग्रेस समहामन्त्री आङ्देम्बे, मन्त्री मौसमसँँगै सांसद काम्बाङको गठबन्धनको झण्डा फहराउने चाहना अधुरै भएको छ ।

जबकि, जिल्लाको फिदिम नगरपालिकासहित ७ स्थानीय तहमध्ये हिलिहाङ गाउँपालिकाको उपाध्यक्षबोहकमा गठबन्धनले पालिका नेतृत्वमा एमालेलाई ‘क्लिन स्विप’ गरिदिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖