सुनसरीमा ६ पालिकाको नतिजा आउन बाँकी, धरानमा स्वतन्त्रको अग्रता कायमै

प्रकाश तिम्सिना/सुनसरी, ६ जेठ । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३ नगरपालिका र तीन गाउँपालिका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका वेचनप्रसाद मेहता र उपाध्यक्षमा कांग्रेसकी कुमारीविभा यादव विजयी भएकी छन् ।

गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मा एमालेले विजयी हासिल गरेको छ । अध्यक्षमा एमालेका आशनायरण चौधरी र उपाध्यक्षमा अनिताकुमारी चौधरी निर्वाचित भइन् । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितको छ । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिताकुमारी उराँव निर्वाचित भएका छन् ।

जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ । मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता विजयी भए ।रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेका छ । मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा विजयी भएका छन् ।

कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदारको गृह नगर दुहवीमा पनि कांग्रेसले जितेको छ । बहालवाल मेयर वेदनारायण गच्छदार मेयरमा विजयी भएका हुन् । उपमेयरमा फराकिलो मतान्तर सहित कांग्रेसकै मेनुका पोख्रेल विजयी भएकी छिन् ।

बाँकी ६ पालिकामा मतगणना जारी छ । कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस अगाडि छ । बर्जू गाउँपालिकामा भने एमाले अगाडि छ । धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

उनलाई गठबन्धनको तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले पछाइरहेका छन् । २०७४ साल सम्म धरानलाई लाल किल्ला बनाएको एमाले भने तेस्रो स्थानमा रहेको छ । मत परिणाम आउन बाँकी रहेका पालिकाको केही दिन भित्रमै नतिजा निकाल्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।