खोटाङका अधिकांश स्थानीय तहमा नयाँ अनुहार

खोटाङ, ६ जेठ । खोटाङका स्थानीय तहको प्रमुख उपप्रमुखमा अधिकांश नयाँ अनुहार विजयी भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये बराहपोखरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शालिकराम बञ्जराबाहेक अन्य सबै स्थानीय तहका प्रमुख उपप्रमुखमा नयाँ अनुहार आएका हुन् । जिल्लामा यथास्थानमा दोहोरिने अवशर बञ्जराले मात्र पाएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयरमा दिपनारायण रिजाल र उपमेयरमा विणादेबी राई निर्वाचित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यसपल्ट मेयरमा कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन् । भट्टराई र राई गठबन्धनकातर्फबाट विजयी भएका हुन् । हलेसी तुवाचुङ नगरपालिकामा भने यसअघि उपमेयरका रुपमा उदाएकी बिमला राई यसपल्ट मेयरको भूमिकामा पुगेकी छन् । तर, उपमेयरमा रमेश राउत विजयी भएका छन् । राउतले वडाध्यक्षबाट उपमेयरमा फड्को मारेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा कांग्रेसका बिश्वनाथ निरौला र उपाध्यक्षमा एमालेकी पुष्पकला भुजेलको विजयी भएको ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारी चुनिएका छन् । केपिलासगढी गाउँपालिकामा एमालेबाट चुनिएका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेवी वनको ठाउँमा अध्यक्षमा कांग्रेसका समिर राई र उपाध्यक्षमा जसपाका गुरुराज राई आएका छन् । खोटेहाङ गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईको ठाउँमा क्रमशः गठबन्धनबाट माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी बनेका छन् ।

२०७४ सालको निर्वाचनमा जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंखरबहादुर राई र उपाध्यक्षमा विमला राई विजयी भएका थिए । यसपल्ट गठबन्धनबाट अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का उदाएका छन् । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणादेवी थापा मगर चुनिएका छन् । यसअघि दिप्रुङमा कांग्रेसका भुपेन्द्र राई अध्यक्ष र सपना राई उपाध्यक्ष चुनिएका थिए ।

बराहपोखरी गाउँपालिका अध्यक्ष बञ्जरा दोहोरिँदा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुवलराज राई आएका छन् । राईले वडाध्यक्षबाट उपाध्यक्षमा फड्को मारेका हुन् । रावाबेँसी गाउँपालिकाको निवर्तमान अध्यक्ष लिलानाथ निरौला र उपाध्यक्ष समला राईको कुर्सीमा क्रमशः कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका छन् । साकेला गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता खड्काको ठाउँ क्रमशः कांग्रेसका रविप्रकाश राई र माओवादी केन्द्रकी बिर्सिका राईले लिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।