खोटाङमा माझी समुदायबाट एकजना जनप्रतिनिधि

खोटाङ, ८ जेठ । स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एकजना मात्र जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय माझीले कांग्रेसकातर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताए ।

विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशिल सदस्यता लिएका हुन् । ‘पाँच वर्ष विदेशमा बसेँ । अव विदेश जान्न यही ठाउँको सेवा गर्छु,’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्नेछु ’, लामीडाँडामा कांग्रेसका चार वडा सदस्य विजयी हुँदा वडाध्यक्षमा भने एमालेका बिरेन्द्र मगर निर्वाचित भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडासदस्यमा विजयी भएका थिए । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा मनोनित भएका थिए । यसपटक भने सोमबहादुर माझी समुदायबाट एक्लो जनप्रतिनिधि बनेका छन् ।

जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।