खोटाङमा एमाले पहिलोबाट तेस्रो

खोटाङ, ९ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले) दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा सीमित भएको छ ।

विसं २०७४ को चुनावमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यस पटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐँसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, रावाबेँसी गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा ऐँसेलुखर्क र बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको थियो ।

यस वर्षको निर्वाचनमा सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति बेहोरेको हो । विसं २०७४ मा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यस पटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ ।

कांग्रेसले यस पटकको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा प्रमुख तथा ऐँसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो । यसअघि कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, एँेसेलुखर्क र बराहपोखरीमा प्रमुख तथा साकेलामा उपप्रमुख जितेको थियो ।

अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ । विसं २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ ।

खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ चार दलबीच चुनावी गठबन्धन थियो भने साकेला गाउँपालिकामा एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । चुनावी तालमेलमा सहभागी एकीकृत समाजवादीले सत्तारुढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो ।

यस्तै जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । कांग्रेस बाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट जसपाले उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एउटा वडाध्यक्ष जितेको राप्रपाले यस पटकको निर्वाचनमा एउटा सदस्यसमेत जित्न सकेन । खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी हुनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसेलुखर्क, खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी र रावाबेँसी गाउँपालिकामा कांग्रेससहितको चुनावी गठबन्धन भएको थियो । हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र साकेलामा भने कांग्रेस एक्लै प्रतिस्पर्धामा थियो । कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको पालिकामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी मात्रको चुनावी तालमेल भएको थियो । कतिपय ठाउँमा तालमेल नमिल्दा गठबन्धनले पनि हार बेहोरेका छन् ।

गठबन्धन भएको ऐँसेलुखर्क गाउँपालिकामा गाउँपालिका प्रमुखका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई र रावाबेँसी गाउँपालिकामा उपप्रमुखका साझा उम्मेदवार लीलानारायण श्रेष्ठ पराजित हुनुभएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा १९ वटा राजनीतिक दलले भाग लिएका थिए । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८७ हजार ८८ जना मतदाताले मतदान गरेका थिए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।