रेणुको पहिलो निर्णय : अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क

चितवन, ११ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।

भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।

त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।

यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖