स्थानिय निर्वाचनमा महिला जनप्रतिनिधि बृदि

हुम्ला, १४ जेठ । २०७४ सालभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा महिला जनप्रतिनिधिको संख्यामा बृद्धि भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हुम्लाका सात गाउँपालिका र ४४ वडामा ८४ जना महिला निर्वाचित भएकाेमा २०७९ सालको स्थानिय निर्वाचनमा जिल्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।

महिला जनप्रतिनिधिहरु उपाध्यक्ष २ जना, वडा अध्यक्ष १ जना, दलित महिला सदस्य ३६ जना, महिला सदस्या ४४ जना र १३ जना खुला सदस्या गरी जम्मा ९६ महिला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे हो ।

निर्वाचित महिला सदस्यहरु मध्ये ८० जना महिला सदस्य र दलित महिला सदस्यमा निर्वाचित भएका छन । यस्तै, १३ जना दुई खुला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए ।

नाँम्खामा ६ जना आरक्षण कोटा र एक जना खुल्ला सदस्यमा निर्वाचित भए पनि दलित महिला सदस्याको हकमा शून्य देखिएकाे छ । सिमकोटमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र ८ जना खुल्ला सदस्यमा महिला जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयको स्रोतले जानकारी दिएको छ ।

हुम्लाको मध्य भेगमा रहेको खार्पुनाथ गाउपालिकामा वडा नं ४ मा वडाध्यक्ष सर्वसहमतिमा निर्वाचित भएकी छिन भने ५ जना आरक्षण महिला सदस्य, ५ जना आरक्षण दलित महिला सदस्य, एक जना खुल्लामा निर्वाचित भएका छन ।

जिल्लाकै तल्लाे भेगका पालिकाहरु सर्केगार्डमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र दुुई जना खुल्ला सदस्यामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयमा सूचना अधिकृत श्याम बहादुर रानाले बताएका छन ।

यसौगरी जिल्लाको चङ्खेलीमा १० जना आरक्षण र एक जना खुल्ला, अदानचुलीमा १२ जना आरक्षण र ताँजाकोट गाउँपालिकामा दश जना आरक्षण कोटाबाट मात्र निर्वाचित भएका छन्।

स्थानीय तहको निर्वाचनमा महिलाका लागि आरक्षणको कोटा नभएको भए यो संख्या अझै कम हुने हुम्लाकी महिला अधिकारकर्मी गंगा बाहराले बताइन् । विगतमाभन्दा अहिले निर्वाचित हुने महिलाको संख्या बढे पनि दलहरूले महिलाहरुलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र खुल्ला सदस्यमा खासै स्थान दिन नसकेको पाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖