कामपाका जनप्रतिनिधिद्वारा पदबबहाली गर्दै

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित हुनुभएको छ ।

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोल विजय हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।