नब निर्बाचित नगर प्रमुख श्रेष्ठको निर्णयः आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी

उदयपुर । उदरपुरकाे कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधावापतकाे रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने बताएका छन् । साेमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि काेष स्थापना गर्ने बताए ।

आफूले पाउने सेवा सुविधालाई जनताकाे भविष्यसँग जाेड्न चाहेकाे उनकाे भनाइ छ ।

यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । नगर प्रमुखकाे रूपमा उनकाे पहिलाे निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेकाे छ ।

कुलो सरसफाइ गर्दै किसान
टीकापुर, १७ जेठ (रासस)ः स्थानीय तह निर्वाचन सकिएसंगै कैलालीमा किसान धान खेतीमा जुटेका छन् । यसका लागि मल, बीउको जोहो , कुलो सरसफाइ, खेत जोत्नेजस्ता कार्यमा व्यस्त भएका हुन् । उनीहरु धानखेती गर्न एक महिनादेखि तयारीमा लाग्ने गरेको बताउँछन् ।

टीकापुर वनगाँउका बडघर तेजबहादुर चौधरीले धान रोप्न कुलाको मर्मतसम्भार र सरसफाइ गरिरहेका बताउनुभयो । “हामी हरेक वर्ष खेती गर्नुपूर्व एक महिनाअघि नै कुला सरसफाइ, मर्मतका काम गर्छौँ, यस वर्ष पनि सबै किसान कुलो सरसफाइमा खटेका छौँ”, उहाँले भन्नुभयो, “बर्खा लाग्नु पहिले बर्सेनि किसान सामूहिकरूपमा मूल कुलो, शाखा कुला, प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ ।”

कुला खन्न किसानले प्रथाका रूपमा समाजमा जनश्रमदानस्वरुप काम गर्ने गर्दछन् । यसका लागि घरपिच्छे एक जना जानुपर्ने हुन्छ । जुन घरबाट कुलो खन्न जाँदैनन्, ती किसानबाट क्षतिपूर्ति समेत लिने चलन छ । यसरी किसान आफ्नो खेतसम्म सिँचाइ सुविधाका लागि कुलो सरसफाइ गरिरहेको विपतपुरका बड्घर वीरबहादुर घर्तीमगर बताउनुहुन्छ । “हरेक घरबाट एक–एक जना किसान मर्मतका लागि जाने गर्नाले सजिलो हुन्छ”, उहाँ भन्नुहुन्छ, “सिँचाइ सुविधा नभए खेती उत्पादन राम्रो हुँदैन, त्यसैले यहाँका किसानले मिलेर कुलो सरसफाइ गर्ने, खेतसम्म सिँचाइ सुविधा पु¥याउने चलन छ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानीमूल कुलोका १४ प्रशाखा कुला जमरा मूल कुलोका १५ शाखा कुला, कुलरिया मूल कुलोका १९ शाखा कुलो रहेका र ती मूल कुलोका शाखामार्फत बनेका ८६३ उपशाखा कुलो रहेका छन् । यसरी यी शाखा र प्रशाखा कुलोमार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । ती शाखा तथा प्रशाखा कुलो सरसफाइ र मर्मत नगरे पानी भए पनि किसानलाई पर्याप्त पानी पुग्दैन । त्यसका लागि कुलोको सरसफाइ गर्न आवश्यक हुने हुँदा सरसफाइ गर्ने गरिएको किसान बताउँछन् ।

जमरा जलउपभोक्ता समितिका अध्यक्ष मानबहादुर चौधरी किसानले बर्खाको समयमा कुलामा पर्याप्त पानी आउने र खेतीपाती गर्न सहज हुने भएकाले किसानले अनिवार्य सरसफाइ गर्ने गरेका बताउनुहुन्छ । “यो सामूहिकरूपमा गरिन्छ, सामूहिकरूपमा गर्दा खासै समस्या पनि हुँदैन”, चौधरी भन्नुहुन्छ, “किसानले यसरी वर्षमा एकपटक कुला सरसफाइ गरिन्छ । सरसफाइ नगरेमा कुलाको उचाइ बढ्ने गर्दछ । कुलामा बालुवा थुप्रिने, फोहर जम्ने कारणले सिँचाइमा समस्या हुने हुनाले सरसफाइ गरिन्छ ।”

किसानहरू यसरी खेतीको तयारीमा जुटिसक्दासमेत बीउ, मल अभावजस्ता समस्या समाधान हुन नसकेका किसान गुनासो गर्छन् । खेतीमा निर्भर किसानका लागि आवश्यक बीउ, मल, सिँचाइ, प्राविधिक ज्ञानजस्ता आवश्यक कुरा सरकारले दिनुपर्ने भए पनि किसान खेती गर्ने समयमा सधैँ समस्या झेल्न बाध्य छन् । टीकापुर–४ का किसान सुरवीर चौधरीले खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने र खेतीमा अनुदानजस्ता कार्यक्रम थपिएमा कृषिमा किसान रमाएर लाग्ने वातावरण बन्ने बताउनुभयो ।

जिल्लामा सञ्चालित सो आयोजनाले किसानलाई बीउ, मल, विषादिमा अनुदान दिने गरेको छ । आयोजनाले कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ । यसैगरी केरा र च्याउखेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।