खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि

खोटाङ, २३ जेठ । स्थानीय तह निर्वाचनबाट खोटाङमा माझी समुदायका तीन जनाले जनप्रतिनिधिका रूपमा चुनिने अवसर पाएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटका सुब्बा माझी, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारका वीरबहादुर माझीले जनप्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

सोमबहादुर र वीरबहादुर ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा विजयी हुँदा सुब्बा भने कार्यपालिका निर्वाचनबाट सदस्य चुनिएका हुन् ।

३६ वर्षीय सुब्बा एमालेकातर्फबाट कार्यपालिका सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय सोमबहादुर कांग्रेस र ६१ वर्षीय वीरबहादुर एमालेकातर्फबाट वडा सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचनको मुखमा वीरबहादुर कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । उनी पूर्वहवल्दार हुन् । निर्वाचनमा सोमबहादुरले ७०२ र वीरबहादुरले ४२३ मत पाएका थिए । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका सोमबहादुर गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताउँछन् ।

विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशील सदस्यता लिएका थिए ।

‘पाँच वर्ष विदेशमा बसेँ । अब विदेश जान्नँ । यही ठाउँको सेवा गर्छु’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्छु ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडा सदस्यमा विजयी भएका थिए ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा चुनिएका थिए ।

जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पुख्र्यौली पेसा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।