नगरको बजेटमा पहुँचवालाको रजाइँ – श्रीमती र भाउजु प्रशिक्षक !

उर्लाबारी । लक्षित वर्गका लागि हुनुपर्ने सिपमुलक तालिममा नातागोता र नजिकका मान्छेलाई सहभागी गराइएको खुल्न आएको छ। स्थानीय एमाले नेताले आफ्नी श्रीमती र भाउजुलाई प्रशिक्षक तथा छिमेकी महिलाहरुलाई प्रशिक्षार्थी बनाएर उर्लाबारी नगरपालिकाको सहयोग रहेको एउटा तालिम सम्पन्न गरेका छन्।

उर्लाबारी – ७ मा अर्गानिक नुहाउने साबुन बनाउने तालिम आयोजना गरिएको थियो। नगरपालिकाको सहयोगमा एच नेपालय फाउण्डेशनद्वारा उर्लाबारी – ७ मा पाँच दिनसम्म सञ्चालित तालिममा पुर्व वडा सदस्यसमेत रहेका वार्डका एमाले नेता निरोज तिम्सिनाकी श्रीमती पुष्पा तिम्सिना र भाउजु शोभा तिम्सिना प्रशिक्षक रहेका थिए।

यस्तै, तिम्सिनाले छरछिमेकका बीस जना महिलाहरु जुटाएर तालिममा सहभागी गराएका थिए। महिलाहरुले अर्गानिक नुहाउने साबुन बनाउने सिप सिकेपनि यस्ता तालिममा विगतदेखि नै पहुँचवालाकै हालीमुहाली रहने गरेको सर्वत्र गुनासो छ।

‘के वार्ड नम्बर ७ चाहिँ बरगाछी र चिउरामिल मात्रै हो ?’ एक स्थानीयबासीले प्रतिप्रशन गरे। उनले भने – ‘हेर्दा सानोजस्तो लागेपनि कुरा गम्भीर छ। पहिलाका जनप्रतिनिधिले बेथिति निम्त्याए भनेर नयाँ ल्याइयो तर यिनकापनि ताल उस्तै छ।’

‘विगत ५ वर्षयता नगरपालिकाको सहयोग रहेको कुनैपनि तालिममा न त लक्षित वर्ग अटाएका छन् न तालिमहरु परिणाममुखी नै भएका छन्’ उर्लाबारी नगरपालिकाका एक कर्मचारीले भने – ‘अहिलेसम्म तालिम लिएकाहरूको नतिजा सन्तोषजनक छैन। अहिले त तालिमको लागि सूचना निकाल्ने बित्तिकै भत्ताकै लालचले ओइरो लाग्छ। हामीले सिप सिकाउने व्यवस्था गर्ने हो तर सिप सिक्न आउनेहरू अधिकांशको धारणा नै बेग्लै हुन्छ,’ उनले भने।

सहभागी छनोट गर्दा पहुँचवाला र नजिकका मान्छे हावी भएर तालिममा सहभागी गराउनैपर्ने मान्छेहरु छुट्ने गरेका उनको ठहर छ। सोमबार भएको तालिम समापन कार्यक्रममा उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले सहभागीहरु लाई प्रमाणपत्र वितरण गरेका थिए।-ब्रेकलिंकसबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।