इलाम जिससमा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

इलाम ।जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित भएका हुन् ।

प्रमुखमा निर्वाचित राईले नेपाली काँग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले काँग्रेसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भएका हुन् । प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गरे ।

सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बू, सीता कार्की र मीनाकुमारी राई निर्वाचित भए । एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले र समाजवादीका उम्मेदवार मीना कुमारीको १२ मत आउँदा अरु दुई सदस्यले १३–१३ मत प्राप्त गरेका छन् भने काँग्रेसका दुई उम्मेदवारले सात–सात मत प्राप्त गरे । त्यस्तै दलित महिला सदस्यमा काँग्रेसका पार्वती विकको सात मत आएको थियो । एकीकृत समाजवादीका उम्मेदवारले १२ मत प्राप्त गरे । सदस्यमा एमालेका तीन उम्मेदवारले १२÷१२ मत प्राप्त गर्दा काँग्रेसका राजकुमार लिम्बू र विष्णुप्रसाद भट्टराईले आठ–आठ मत प्राप्त गरेका थिए ।

जिसस निर्वाचनमा इलाममा एमाले र समाजवादीले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । कांग्रेसले एक्लै मनोनयन गरेको थियो । एमाले र एकीकृत समाजवादीको गठबन्धनमा एमालेले प्रमुखसहित छ पदमा र एकीकृत समाजवादीले उपप्रमुख तथा दुई सदस्यमा उम्मेदवारी दिएको थियो ।

जिल्लाका १० स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २० मतदाता रहेका थिए । २० मध्ये एमाले–एकीकृत समाजवादी गठबन्धनतर्फ १२ मतदाता, कांग्रेसतर्फ सात र जसपाका एक जना रहेका थिए । यसअघि पनि सूर्याेदय नगरको कार्यपालिका गठनमा एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।