पाख्रीवासका किसानहरुलाई किन गरियो रातारात बोका-बाख्रा वितरण ? कारण यस्तो रहेछ

धनकुटा । पाख्रीवासका किसानहरुलाई बोका-बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण बाख्रा पकेट कार्यक्रम अन्तर्गत नगरका समूह, सहकारी, फारामहरुलाई ७५ प्रतिशत छुटमा बोयर जातको बोका-बाख्रा गएराती वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गोरखमान तामाङले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको संघिय बजेट २२ लाख बराबरको रकमले १४ बोका र ३५ वटा छतौरी सहित जम्मा ४९ वटा बोयर बाख्रा हेटाौंडाबाट ल्याई वितरण गरिएको नगरले जनाएको छ । ती बाख्रा नगर क्षेत्रका ५ वटा समूह,एउटा सहकारी र ८ वटा बाख्राफर्मलाई वितरण गरिएको शाखा प्रमुख तामाङले बताउनुभयो ।

किन राती वितरण गरियो भन्ने प्रश्नमा उहाँले बाख्रा छनौट तथा खरिदका लागि समूहका किसानहरु समेत गएको स्पष्ट पार्दै यहाँ बाख्रा ल्याईपुर्याउदा समेत अन्य किसानहरु पर्खेर बसेको र उनिहरुले त्यतिखेरै लान्छौं भनेपछि राती नै वितरण गरिएको बताउनुभयो ।

उहाले भन्नुभयो हेटौंडाबाट बाख्रा ल्याएर हामी पाख्रीवासमा साढे ८ बजे आइपुगेका थियौं,त्यतिखेर पनि बाख्रा पाउने नाम छनौट भएका समूह,सहकारी,फर्मका किसानहरु पाख्रीवासमै थिए बाख्रा ल्याईपुर्याएपछि लान्छौं भने ।

किसानलाई दिन ल्याएको बाख्रा हो उनिहरुले लान्छौं भनेपछि किन राख्ने भनेर दिएर पठायौं । आफुहरुले बाख्रा खरिदका सम्पूर्ण प्रकिया पूरा गरेको र खरिद तथा वितरणकै विषयमा सम्बन्धित सबैलाई जानकारी गराएको समेत बताउनुभयो ।

नगर प्रमुख ज्ञान बहादुर गुरुङले नगरले किसानहरुले लाने भनेपछि राती नै बाख्रा दिएर पठाएको बताउनुभयो । टाढाबाट ल्याईएका बाख्रा भोकै पनि थिए,नगरमा राख्ने ठाउँ पनि थिएन किसानहरुले लान्छौं भने पछि दिएर पठायौं मेयर गुरुङको भनाई छ ।

यो सँगै नगरको आन्तरिक श्रोत मार्फत ३४ हजार बराबरको १३ वटा च्यापकटर मेशिन समेत किसानहरुलाई प्रदान गरिएको पशु शाखा प्रमुख तामाङले जानकारी दिनुभयो ।

पहिराले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
किमाथाङ्का, ६ असार (रासस) ः लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ ।

मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिनुभयो ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताउनुभयो । पहिराले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिराले पुल आसपासको भू–भाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उहाँले बताउनुभयो ।

लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताउनुभयो । सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।