पाख्रीबास नगरपालिकाले सार्बजनिक गर्यो ७६ करोड ५५ लाख ५७ हजार बराबरको बजेट
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरको १० औं नगरसभामा बुधबार पाख्रीवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि उपप्रमुख नम्रता देउजा बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरले कृषीलाई पहिलो प्राथामिकका दिएको छ । कृषी पेशालाई सम्मानित र रोजगारमुखी बनाउन कृषी तथा पशुपालनलाई नगरको गृह क्षेत्रको रुपमा विकास गरि दिगो निर्वाहमुखी कार्यक्रम सञ्चालन गरिने छ ।
कृषिमा आधुनिकिकरण,शिक्षामा गुणस्तर,पर्यटनको आधार निर्माण स्वास्थ्य सेवामा सहज पहुँच,भौतिक विकास गरि स्वलम्बन र समृद्ध नगर निर्माण गर्ने दीर्घकालिन नीति तथा कार्यक्रम समेटिएको छ ।
५ वर्ष भित्र कृषी पेशालाई नगरवासीको मुख्य आधार हुने गरि उत्पदनमा वृद्धी, सहज बजारीकरण,वातावरणमुखी दिगो पर्यटन विकासमा जोड दिईने उल्लेख छ ।
सभामा उपप्रमुख देउजाले आर्थिक वर्ष २०७८-८० का लागि ७६ करोड ५५ लाख ५७ हजार बराबरको बजेट सार्वजनिक गर्नुभयो । चालु आर्थिक वर्षमा कूल बजेट मध्ये चालु खर्च तर्फ २० करोड,४२ लाख ६६ हजार ८ सय ९१ पैसा खर्च भएकोमा कूल बजेटको ५९.२८ प्रतिशत खर्च भएको उहाले बताउनुभयो ।
उपप्रमुख देयजाले पुँजिगत तर्फ ६ करोड ९८ लाख ८६ हजार ४ सय ७७ रुपयाँ ६० पैसा खर्च भएकोमा कूल बजेटको ४५.३२ प्रतिशत मात्र खर्च भएको बताउनुभयो । हाल सम्म योजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ ।
आय तर्फ कूल बजेटको संघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ १० करोड ६० लाख,सर्शत अनुदान तर्फ २४ करोड ३१ लाख,
प्रदेश सरकार सर्शत अनुदान तर्फ रु १ करोड १६ लाख १० हजार, प्रदेश सरकार समपुरक अनुदान तर्फ कन्स्ट्रक्शन अफ भुल्केदेवी मुहान सिमसार पार्क एण्ड कञ्जर्भेसन वर्क्सका लागि १ करोड प्रदेश सरकार वित्तिय समानिकरण ५५ लाख ८१ हजार प्रदेश सरकार राजश्व बाँडफाँड २५ लाख संघिय सरकारको राजश्व बाँडफाँड ८ करोड ७२ लाख १७ हजार आन्तरिक श्रोत तर्फ राजश्व १ करोड, घरजग्गा रजिष्ट्रेसनबाट २५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तैगरि सामाजिक सूरक्षा तथा संरक्षण कार्यक्रम १२ करोड, हालसम्म वित्तिय र भौतिक प्रगतिका आधारमा आउदो आर्थिक वर्षमा आय तर्फ २ करोड ५० लाख प्राप्त हुने अनुमान छ । पाख्रीवास भुल्के खानेपानी आयोजनाबाट प्राप्त हुने रिण फिर्ता रकम ६८ लाख ९९ हजार ५५ रुपयाँ पनि प्राप्त हुने अनुमान छ ।
त्यस्तैगरि आगामी आर्थिक वर्षको वर्षको कुल मध्ये प्रशासनिक तर्फ १० करोड ९६ लाख विनियोजन गरिएको र खर्च गर्न सकिने रकम मध्ये प्रशासनिक तर्फ १४.३१ प्रतिशत रहेको उपप्रमुख देउजाले बताउनुभयो ।
यता संघिय सर्शत अनुदान तर्फ २४ करोड ३१ लख पाख्रीवास ४ मा १५ शैयाको अस्पताल निर्माणका लागि ८ करोड, पाख्रीवास नगरपालिका वडा नं २,३ र ४ मा निर्माण भईरहेको सुन्तले डाँडा धार्मिक पर्यटन क्षेत्र विकासका लागि काठमाण्डौं महानगरपालिका सँग भगिनी सम्बन्ध स्थापना गरि प्राप्त १ करोड ५० लाख र पाख्रीवासको साझेदारीमा १ लाख सहित जम्मा २ करोड ५० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।
पाख्रीवास नगरपालिकाको जम्मा १० वडालाई ३ करोड ४५ लाख बजेट विनियोजन गरिएको उहाले जानकारी गराउनुभयो ।


