नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न

काठमाण्डौ । साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ ।शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी सासंद तथा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले वितरण गरेका थिए ।

सो समारोहमा ४० जना सम्मानीतलाई समेत कार्यक्रमका प्रमुख अतिथी राजेन्द्रले सम्मान पत्र पुरस्कृत गरेका थिए । कार्यक्रममा र्दिधसाधना सम्मान सहित डि आर उपाध्ययलाई नगद १ लाख राशी सहित पुरस्कृत गरिएको थियो ।

पत्रकारिता क्षेत्रमा योगदान पुयाए बापत सर्वोकृष्ट पत्रकारिता अवार्ड पत्रकार मोहन बस्नेत, लोकप्रिय पत्रकारिता अवार्ड भोजराज थापा र युवा पत्रकारिता सम्मान बाट रविन्द्र थापा र मोफसल पत्रकारिता सम्मान बाट विराटनगरका रंगपत्रकार गोपाल पोखरेललाई सम्मान गरिएको थियो ।

कर्णाली करिडोर एक सातादेखि बन्द
मान्म, १५ साउन (रासस)ः कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।

सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताउनुभयो । “म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उहाँले भन्नुभयो । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउनुहुन्छ ।

“हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भन्नुभयो । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताउनुभयो । “सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖