धनकुटा देखि प्रतिनिधि सभाको निर्बाचनमा उम्मेद्वार दिने : रकम चेम्जोङ

काठमाडौँ । आसन्न मंसिर ४ मा प्रतिनिधि सभाको लागी धनकुटा निर्बाचन क्षेत्र देखि जसपा केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्ब शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले आफ्नो उम्मेदावर दिने बताएका छ्न ।

चेम्जोङ बिद्यार्थी कालदेखि नै बाम राजनीतिमा होमिएका थिए । बहुदल स्थापनाको लागि महत्वपुर्ण भूमिका खेलेका चेम्जोङले बहुदल स्थापना पछि दुई-दुई पटक निर्बाचन जितिसकेका छन ।

२०४८ सालको चुनाबमा तत्कालिन नेकपा एमाले पार्टीको तर्फबाट धनकुटा जिल्ला देखि उम्मेद्वार बनेका उनले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसको उम्मेदुवार जनक सिंह लिम्बु भन्दा दोब्बर भन्दा ज्यादा मतले निर्बाचित भएका थिए ।

भने २०५१ सालको निर्बाचनमा पनि तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदुवार भई उनले निकटम प्रतिस्पर्धी रास्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदुवार मोहन पोख्रेललाई पराजित गरेका थिए ।

सालिन स्वभाबका चेम्जोङ ज्यादा बोल्ने भन्दा पनि काम गरेर परिणाम दिने कुरामा बढि बिश्वास गर्छन । शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका बेला उनले तत्कालिन माओबादी शान्ति प्रक्रियामा आइसके पछि युद्धमा होमिएका लडाकु ब्यबस्थापन लगाएत अन्य थुप्रै शान्ति संग सम्बन्धित करिब दर्जन भन्दा बढी भूमिगत,अर्धभूमिगत,बिद्रोही समुह लाई शान्ति प्रक्रियामा ल्याउने जस्ता महत्वपूर्ण भूमिका खेलेका थिए ।

पहिलो संबिधान सभामा तत्कालिन नेकपा एमाले पहिचान प्रति अनुदार देखिएपछि अशोक राई सहित एमालेमा विद्रोह गरी संघीय समाजबादी पार्टी स्थापना गरी उत्पिडीत जति ,समुदायको अधिकार लाई राजनीतिक रुपमा सम्बोधन गर्न निरन्तर आन्दोलन गर्दै आउनु भएका चेम्जोङ यस पटकको निर्बाचनमा धनकुटा जिल्लाबाट उम्मेदुवारी दिने संगको कुराकानीमा उहाँले बताउनु भयो ।

– news courtesy: शेरिहाङ्ग लिङ्देन, sajiilonews.com

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।