जसपा खोटाङ अध्यक्षसहित १३ जना माओवादी केन्द्र प्रवेश

खोटाङ, १ भदौ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका थापासहितका नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई, जुलन राईलगायत माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्र प्रवेश गर्नेमा सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ छन् । थापा लगायतका नेताको जिम्मेवारीका विषयमा भने छलफल भइरहेको छ ।

सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान राजनीतिक उपलव्धि, समानुपातिक समावेसी राज्यको नीति स्थापना गर्ने बैचारिक तथा सैद्धान्तिक हिसावले माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञाप्तिमा उल्लेख छ । समृद्ध समाज निर्माण गर्दै आमुल परिवर्तनको दिशामा अगाडि बढ्ने आन्दोलनमा समाहित भएको थापाले प्रतिक्रीया दिएका छन् ।

केन्द्रमा उपेन्द्र यादव र बाबुराम भट्टराई अलग भएपछि थापासहित ३९ जनाले जसपाबाट अलग भएको घोषणा गरेका थिए । यद्यपी, जसपाले सबै ३९ जनाले पार्टी नछाडेको दाबी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।