नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि भेलाको सम्पूर्ण तयारी पूरा भएको वाइसीएल संयोजक सुमन देवकोटाले जानकारी गराएका छन् ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागीता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौं’ भन्ने मुल नाराका साथ आज भाद्र ३ गते देखि सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष सम्बोधनको साथमा हुनेछ ।

साथै पार्टी स्थायी कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु र विभिन्न राजनितिक पार्टीका युवा संगठनका प्रतिनिधि तथा अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त गर्नेछन् ।

काठमाडौंको भृकुटिमण्डप स्थित राष्ट्रिय सभागृहमा विहान ठिक ११:०० बजे सुरु हुने भेलाका लागि विभिन्न जिल्ला र प्रदेशहरुबाट प्रतिनिधिहरु काठमाडौं आइसकेको वाइसीएल स्रोतले जानकारी गराए ।

दुई दिनसम्म चल्ने भेलामा उद्घाटनसत्र, बन्दसत्र र समापनसत्र गरि तीन सत्रमा अघि बढ्नेछ । बन्दसत्रमा विगतमा संगठनका कामहरूको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरि युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने बताए ।

साथै अबको युवा आन्दोलन परम्परागत नभइ रोजगार,स्वरोजगार निर्माण, श्रम र उद्यमशिलता,आत्मनिर्भरताको लागि उत्पादन,नीति निर्माणको तहमा युवा सहभागीता सुनिश्चितता गर्न पहल गर्ने कुरामा जोड दिने बताए ।

भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशहरुबाट ६ सय जना प्रतिनिधि सहभागी रहनेछन् । जसमा केन्द्रीय समितिबाट १९६ जना, प्रत्येक जिल्लाहरुबाट ३/३ जना गरि २५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन ओटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५% केन्द्रीय कार्यालयबाट मनोनीत गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् ।

भेलाको भव्य र ऐतिहासिक बनाउन भेला आयोजक मुल समिति, राजनीतिक प्रतिवेदन उपसमिति, भेला व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति निर्माण गरि परिचालन गरिएको छ ।

भेलाको आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिहरुलाई एक हजार शुल्का, प्रदेश र जिल्लाका लागि आर्थिक कोटा निर्धारण गरि व्यवस्थापन गरिने र अनुमानित खर्च २० लाखसम्ममा भेला सम्पन्न गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा वाइसीएल संयोजक देवकोटाले जानकारी गराए ।

पत्रकार सम्मेलनमा वाइसीएल इन्चार्ज एवम् पार्टी पिलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दिपशिखा, वाइसीएल सह-संयोजक सुबोध शेर्पाली लगायतका नेताहरूको उपस्थिति रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।