सत्ता गठबन्धनको मुख्य घटक नेकपा एस सुनसरीमा दर्जनौ आकांक्षी

इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीका तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौ आकाक्षीहरुको दौडधुप सुरु भएको छ ।

सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र र प्रदेशसभाका ८ निर्वाचन क्षेत्रमा निर्वाचन हुनका लागि ९२ दिन बाँकी रहदा राजनीतिक दल भित्र उम्मेदवारको चर्चा सुरु भएको हो ।

सत्ता गठबन्धनभित्रको मुख्य घटक नेकपा एकीकृत समाजवादीका तर्फबाट सुनसरीका सवै निर्वाचन क्षेत्रमा आंकाक्षीहरुको ठुलो लर्को देखिएको छ ।

नेकपा एकीकृत समाजवादीले भदौ १५ गतेभित्र जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेर उम्मेदवारहरुको नाम केन्द्रमा पठाउन सर्कुलर जारी गरेपछि जिल्लामा आकांक्षीहरुको दौडधुप बढेको हो ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका केन्द्रिय सदस्य जीवन राईको सशक्त दावेदारी प्रस्तुत गरेका छन ।

सोही निर्वाचन क्षेत्रमा प्रदेशसभा क तर्फ केन्द्रीय सदस्य सुष्मा राई र नेपाल दलित संगठन सुनसरी अध्यक्ष अमृता रामदान, प्रदेशसभा ख तर्फ धरान अध्यक्ष रेवतीरमण राई र केन्द्रिय प्रतिनिधि परिषद सदस्य लक्ष्मण चौधरी आकांक्षी रहेका छन ।

यसैगरि सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका पोलिटव्युरो सदस्य धर्मराज निरौला उम्मेदवार बन्ने सूचीमा रहेका छन । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क तर्फ जिल्ला अध्यक्ष गोविन्द निरौला र ख तर्फ केन्द्रिय प्रतिनिधि परिषद सदस्य शम्भुप्रसाद आचार्य आकांक्षी रहेका छन ।

सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका केन्द्रीय सदस्य केशव विष्ट आकांक्षी रहेका छन । सोही क्षेत्रको प्रदेशसभा क तर्फ इटहरी इन्चार्ज केवल फुयाल शुभान गिरी, इटहरी अध्यक्ष गणेश बुढाथोकी र ख तर्फ जिल्ला उपाध्यक्ष रामचन्द्र मटियैत आकांक्षी रहेका छन ।

सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रीय सदस्य केशव तिम्सिना र केन्द्रीय परिषद सदस्य डा. सिएन पाठक आकाक्ष्ांी रहेका छन ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क तर्फ प्रदेश सदस्यहरु परमानन्द पौडैल, बाबुराम बराल र ब्रह्मदेव यादव आकांक्षीका दावेदार रहेका छन । प्रदेशसभा ख तर्फ जावेद आलम, कदमलाल उराँव र कलिम मियाँ दावेदार रहेका छन ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा भित्रसमेत उम्मेदवारका आकाक्षीहरुको चर्चा सुरु हुन थालेको छ ।

आगामी २०७९ मंसिर ४ गते चुनावमा गठबन्धन गरेर जाने तयारी भइरहदा जिल्ला तहमा भने सवै निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरुको चर्चाले चुनावी माहौल तताएको छ ।

नेकपा एकिकृत समाजवादीका नेता केशव विष्टले पार्टी केन्द्रको कार्यतालिका अनुसार भदौ १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरेर प्रदेशसभा निर्वाचन कमिटी, प्रतिनिधिसभा निर्वाचन कमिटीले र भदौ १५ भित्र जिल्ला कमिटीले पठाइ सक्नुपर्ने समय सिमा रहेकाले उम्मेदवार बन्नेहरुको चर्चा हुन स्वभाविक भएको बताए

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।