तामाङ भाषाको चलचित्र ‘काख्रे’ भदौं २६ गते मलेसिया र असोज १ गते भक्तपुर सुर्यविनायक स्थित बाराही हलमा विशेष प्रदर्शन हुने

काठमाडौं । तामाङ भाषाको चलचित्र ‘काख्रे’ यहीँ आउदो भदौं २६ गते मलेसिया र असोज १ गते भक्तपुर सुर्यविनायक स्थित बाराही हलमा विशेष प्रदर्शन हुने भएको छ ।

एकजना गरिब युवा शहर छिरेपछि उनले शहरमा बेहोर्नुपरेको पीडादायी कथाबस्तु बोकेको काख्रे चलचित्रमा नायक ऋतुराज पाख्रिन, कुइसाङ रुम्बा,नायिका सुनिता लुङबा लगायत दर्जनौं कलाकारहरुको अभिनय रहेको छ ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन रोशन फ्युवा तामाङले गरेका हुन । प्रबल थिङ, शेखर थापा,शंकर पुडौनी र सरिता तामाङको संयुक्त निर्माणमा भनेको उक्त चलचित्रको कथा नायक ऋतुराज तामाङले लेखेका हुन ।

काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक प्रदर्शन गर्दा केही प्राविधिक तथा व्यवस्थापनको समस्यको कारण आलोचना खेप्नु परेका चलचित्र युनिटले कतारमा सफलताको पुर्वक काख्रे प्रदर्शन गरिसकेपछि भक्तपुर र मलेसियामा प्रदर्शन गर्न लागेको हो ।

आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक ऋतुराज पाख्रिनले काठमाडौंमा प्राविधिक कारण खल्लो भएको चलचित्र पुर्ण तयारी साथ कतारमा प्रदर्शन गर्दा दर्शकहरुले एकदमै मन पराएको र अब जुन जुन ठाउमा प्रदर्शन हुदैछ त्यहाँ पनि दर्शकको मन जित्ने कुरामा ढुक्का रहेको बताए ।

साथै दर्शक र शुभचिन्तकहरुले गरेका टिक्काटिप्पनी र आलोचनाको कारणनै सिक्ने अवसर पाएकाले दर्शकहरुले दिएका प्रतिक्रियालाई आफुले भगवानको प्रसाद सम्झेर ग्रहण गर्ने अनि अझै राम्रो तामाङ चलचित्रमा निमार्णमा जोडदिने बताए ।

विशेषगरी तामाङ चलचित्रका निर्माताहरुले फिल्म बनाएपछि हलमा प्रदर्शन गर्न आँट नगरेको प्रति नायक तामाङले गुनासो समेत गरेका छन् । उनले थप भने ‘ निर्माताहरु लाखौं खर्च गरेर फिल्ममा लगानी गर्ने तर हलमा प्रदर्शन गर्न खर्च नगर्ने बानीका कारण तामाङ चलचित्र च्यारिटि शोमा सिमित भयो, अब हलमा अरु भाषाका चलचित्र जसरी नै प्रदर्शन गर्ने हिम्मत निर्माताहरुले गर्नुपर्छ’ ।

पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष असमान वाइबा, राष्ट्रिय खेलाडी सागर घिसिङ, काख्रेका निर्माता प्रबल थिङ लगायत दर्जनौं पत्रकार तथा कलाकारहरुको सहभागी रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।