चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का

काठमाडौ । चलचित्र निर्माता संघको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भएका छन्।
संघमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकामा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो।

संघको पहिलो काम निर्माता एक ठाउँमा भेला गराएर नेपाली चलचित्रको क्षेत्रको समस्याबारे छलफल, अन्तर्क्रिया गरिने खड्काले बताए।

नेपालभित्रै नेपाली चलचित्र रक्षात्मक पंक्तिमा परेको भन्दै नेपाली चलचित्रलाई ‘प्राइम टाइम’ मा देखाउने र हलले सो समय उपलब्ध गराउने आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए।

‘दर्शकहरूले चाहेजस्तो चलचित्र पस्किन नसकेका कारण र सिनेमा हलले भनेजस्तो विज्ञापन र प्रचारप्रसार गर्न नसक्दा नेपाली चलचित्रमा दर्शक कम भएका हुन्,’ उनको भनाइ थियो।

संघको मुख्य काम निर्माताका हकहित र अधिकार सुनिश्चित, लगानी डुब्न नदिनु, नेपाली चलचित्रको बजार दुरदराज ठाउँमा पुर्‍याउने भएको उनले बताए।

निर्माता र प्रदर्शकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्नुपर्ने उनले बताए।

संघको सदस्यमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, किरण नेपाली, खगेन्द्रप्रसाद लामिछाने र शेखर लामा चुनिएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।